पूर्व चेल्सी स्टार साइन गर्ने सोचमा बार्सा

हालको जनवरीको ट्रान्सफर विन्डोमा ला लिगा क्लब बार्सिलोना धेरै व्यस्त रहेको छ भने बार्साले थप खेलाडी साइन गर्न सक्ने खबर आउँदै गर्दा पूर्व चेल्सी स्टार ओस्कार सँग बार्साको नाम जोडिएको छ।

३० वर्षका ब्राजिलियन स्टारले २०१२ देखि २०१७ सम्म चेल्सीमा खेलेका थिए भने हाल उनी चिनियाँ क्लब सांघाई एसआइपीजीमा खेल्दै छन् भने उनी युरोपियन फुटबलमा फर्किन सक्ने चर्चा रहेको छ भने उनको नयाँ क्लब बार्सिलोना हुन सक्ने जानकारी छ।

सांघाई र ओस्कार बिचको सम्झौता २०२४ सम्म रहेको छ भने २०१७मा ६० मिलियन युरोमा सांघाईले उनलाई भित्राएको थियो र हाल उनी विश्व फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये एक हुन्।

बार्सिलोनामा आबद्ध भएर युरोपेली फुटबलमा फर्कनका लागि ओस्कर आफ्नो तलब घटाउन तयार हुन सक्ने खबर छ।

चेल्सीमा रहँदा दुई प्रिमियर लिगको उपाधि जितिसकेपछि ३० वर्षीयले चीनमा सुपर लिग र एउटा सुपर कप जितेका छन् । उनले ब्राजिलका लागि ४८ पटक खेलेर १२ गोल गरेका छन् ।