पूर्वगोलरक्षक भिक्टर भाल्डेस बार्सिलोनामा नयाँ भूमिकामा

पूर्वगोलरक्षक भिक्टर भाल्डेस बार्सिलोनामा नयाँ भूमिकामा देख्दै छ। बार्सिलोनामा १४ वर्ष गोलरक्षकको भूमिकामा रहेका भाल्डेसले अब यू- १९ टोलीलाई प्रशिक्षण दिनेछ।

डेनिस सिल्भालाई प्रतिस्थापन गर्दै गोलरक्षक भाल्डेस प्रमुख प्रशिक्षकमा नियुक्त भएका हो। ३७ वर्षीय भाल्डेसले ला लिगामा बार्साका लागि ५३९ क्याप जितेका छन्।

लिगामेन्टमा समस्या आएपछि सन् २०१४ मा उनले क्लब छाडेका थिए। त्यसपछि  म्यानेस्टर युनाइटेड, बेल्जियन क्लब स्टेडन्डर लिग र मिडल्सब्रोमा खेले।

२०१८-१९ बाट उनले प्रशिक्षक करियर सुरु गरेका थिए। मड्रिडमा रहेको क्लब र्माटालाजको युवा टोलीलाई एक सिजन प्रशिक्षण गराए।

पूर्वस्पेनिस टोलीका सदस्य भाल्डेजले देशका लागी ४ वर्षको समयमा २० क्याप जिते। सन् २०१० को विश्वकप फुटबलको लागि प्रशिक्षक भिन्सेन्ट डेल बस्कोले उनलाई इकार कासिलासपछि दोश्रो रोजाइको गोलरक्षकको रुपमा २३ सदस्यीय टोलीमा राखेका थिए।

बार्साबाट दोहोरो भूमिकामा देखिने भाल्डेस तेश्रो खेलाडी हुन्। यसअघि पूर्व खेलाडी पेप ग्वार्डिओला र लुइस इन्रिकरले बार्साको प्रशिक्षकको भूमिकामा देखिइसकेका छन्।