पुलिस र ब्रिगेड ब्वाइज ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा

नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब राजधानीमा जारी ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ।

बिहीबार सम्पन्न खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई ३-१ गोलले पराजित गर्‍यो। पुलिसको जितमा सञ्जु सेनले २ गोल गरे र रविन राईले पनि १ गोल ठपे। जाउलाखेलका लागि शीर्षकभक्त श्रेष्ठले १ गोल फर्काए।

पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो। पुलिसले अब उपाधिका लागि ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार नै भएको खेलमा ब्रिगेडले मनाङ मस्र्याङ्दी क्लबलाई ७-१ गोलको भारी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।