पुर्व लिभरपूल खेलाडी डेनियल स्टुरेज ४ महिनाको लागी फुटबलबाट प्रतिबन्धित

पूर्व लिभरपूलका स्ट्राइकर डेनियल डेनियल स्टुरेज ४ महिनाको लागी फुटबलबाट प्रतिबन्धित भए पछि उनको क्लब ट्राब्जन्सपोरले उनि संगको सम्झौता रद्द गरेको छ।

उनले फुटबल खेलहरुमा बाजी लाउने सम्बन्धित नियमहरू उल्लंघन गरेको कारण चार महिनाको लागि फुटबलबाट उनि प्रतिबन्धित भएका हुन्।

पछिल्लो गर्मीमा उनलाई सुरुमा ४ हप्ताको प्रतिबन्ध लगाइएको थियो तर अहिले उनको प्रतिबन्ध ४ महिनाको भएको छ भने उनले £१५०,००० को जरिमाना तिर्न पर्ने छ।

फुटबल खेलहरुमा बाजी लाउन आफ्नो भाइलाई क्लबको स्थानान्तरण गतिविधि र अन्य गोप्य जानकारी दिएको उनि माथि आरोप लागेको हो।

उनको उक्त गतिविधिको कारण उनलाई ४ महिनाको लागी फुटबलबाट प्रतिबन्धित लागेको थियो भने उनको क्लबले हाल उनि संगको सम्झौता रद्द गरेका छन्।

उक्त प्रतिबन्ध पछि आफु निराशाजनक भएको पुर्व लिभरपूल खेलाडी डेनियल स्टुरेज भनेका छन्।