पुर्व लिभरपुल डिफेन्डरले रोनाल्डोलाई ‘पेनाल्डो’ भने पछि

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको थियो भने उक्त खेल रेफ्रीको निर्णयको कारण विवादास्पद भएको थियो।

विवादास्पद बनेको खेलमा १० खेलाडीमा सीमित सर्बियासँग पोर्चुगल २-२ गोलको बराबरीमा रोकिए पछि पुर्व लिभरपुल डिफेन्डर जोसे एनरिकेले इन्स्टाग्राममा निकै विवादास्पद पोस्ट गरे।

उनले खेल पछि रोनाल्डो र फर्नांडीसको ट्रोल गरे। उनले रोनाल्डोलाई पेनाल्डो र ब्रुनो फर्नांडीसलाई पेर्नांडीस भन्दै पोस्ट गरे भने लिभरपुलका डिएगो जोटाले सर्बियाको विरुद्ध पोर्चुगललाई बोकेको कारण जोटा चोट ग्रसित भएको भनेर मजाक गरे।

 

View this post on Instagram

 

A post shared by Jose enrique (@joseenriquee3)

जोसे एनरिकेको उक्त पोस्टको निकै आलोचना भएको थियो भने फ्यानहरू सो पोस्टबाट खुसी छैनन्।

खेलको ११ औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३६ औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए ।

तर, खेलको ४६ औँ मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६० औँ मिनेटमा घरेलु टोलीका फिलिप कोस्टिकले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो । रोनाल्डोले गोलकिपरलाई छलाउँदै बल गोल पोस्टमा प्रहार गरेको बल गोल लाइन नागे पनि रेफ्रीले गलत निर्णय लिन पुगेका थिए जसको कारण खेल निकै विवादास्पद रहेको छ।