पुर्व युनाईटेड गोलरक्षक क्लबमा फर्किए

एजेन्सी, म्यान्चेस्टर युनाईटेडले गोलरक्षक टम हिटनलाई अनुबन्धित गरेको पुष्टि गरेको छ। उनले दुई बर्षको सम्झौता गर्दै थप एक बर्षको बिकल्प रहेको छ।

३५ बर्षिय गोलरक्षक हिटनले युवा अवस्थामा १३ बर्ष युनाईटेडमा बिताएका थिए। त्येस पछि उनी कार्डिफ सिटि, बर्न्ले, ब्रिस्टोल सिटि, एस्टन भिला हुँदै युनाईटेडमा फर्केका हुन।

एस्टन भिल्लामा सम्झौता सक्के पछि उनी युनाईटेडमा फ्रि-ट्रान्सर्फरमा युनाईटेड गएको हो।

उनी युनाईटेडका लागि खेल्न पाउदै खुशी रहेको व्यक्त गरे। उनले भने ” म युवा हुदा १३ बर्ष मैले यो क्लबमा बिताए र फर्केर आउदा म एकदम खुशी छु ” ।

” म यो सम्झौतालाइ उत्कृष्ट अवसरको रुपमा लिएको छु र अझै धेरै दिन चाहन्छु “।

” म मैदानमा उत्रिन आतुर छु र अरु किपरसंग प्रतिस्पर्धा गर्नलाई तयार छु ” ।