म्यान्चेस्टर युनाइटेडका पुर्व जापानीज खेलाडी सिन्जी कागावा बेल्जियमको प्रो लिग क्लब सिन्ट-ट्रुइडेनमा आबद्ध भएका छन् ।
उनको यो युरोपियन राष्ट्रमा छैठौं क्लब हो । यस अघि ग्रिक क्लब पीएओकेबाट खेल्दै आइरहेका कागावाले ११ महिना ग्रीस क्लबबाट खेले गत डिसेम्बरमा उनलाई क्लबबाट रिलिज गरेपछि उनी क्लब बिहिन थिए ।
As officially announced,
I am joining the STVV.
I was struggling last year under hard term. But I always have a strong desire to play in Europe.
I will keep going to play football in order to say „My Decision is right“.#stvv @stvv @STVV_JP pic.twitter.com/VnW8vu2I7Q— Shinji Kagawa / 香川真司 (@S_Kagawa0317) January 11, 2022
जर्मन क्लब बोरुसिया डर्ट्मुन्ड र इङलिस क्लब म्यान्चेस्टर युनाइटेडबाट उच्च प्रदर्शन गरेका कागावाको त्यस पछि प्रदर्शनमा अस्वभाविक गिरावट आएको थियो ।
बेल्जियम क्लबमा उनलाई फेरि एक पटक आफ्नो कला देखाउदै क्यारियरलाई सहि दिशा लाने यो सुनौलो अवसर पनि रहेको छ ।