पुर्व बार्सिलोनाका खेलाडी डानी एल्भेस साओ पाउलोमा अनुबन्धित

ब्राजिलियन डिफेन्डर डानी एल्भेस ब्राजिलको क्लब साओ पाउलोमा अनुबन्धित भएको छ ।

पिएसजीमा आफ्नो सम्झौता सकिए पछि उनी क्लब बिहिन थियो । उनले साओ पाउलोसंग २०२२ डिसेम्बर सम्म सम्झौता गरेको छ ।

डानी एल्भेसले भर्खरै सम्पन्न कोपा अमेरिका जित्न ब्राजिललाई ठुलो भुमिका खेलेको थियो ।

डानी एल्भेसले पिएसजीको लागि गत सिजन ३४ खेल खेल्दै ५ गोल र ७ असिस्ट गरेका थिए ।