पुर्व बार्सा खेलाडीद्वारा मेस्सीलाई नापोलीमा खेल्न आग्रह

पुर्व बार्सा खेलाडी केविन प्रिन्स बोटेंगले सुपरस्टार लिओनेल मेस्सीलाई म्याराडोनाको अन्तिम श्रद्धांजलिको रुपमा नापोलीमा खेल्न आग्रह गरेका छन्।

मेस्सी र म्याराडोनाको बीच नियमित रूपमा तुलना गरिएको छ उनीहरूको समान खेल शैली र उनीहरू दुबै एफसी बार्सिलोना र नेवेलको ओल्ड बोइससँगबाट खेलेका खेलाडी हुन्।

ओसासुना बिरुद्ध गोल गरे पछि मेस्सीले म्याराडोनाको जर्सी लगाएर उनलाई श्रद्धांजलि दिएका थिए र केविन प्रिन्स बोटेंगको विश्वास छ उनि मेस्सीले अब नेपोलीबाट खेल्नु पर्छ।

“मेस्सी र बार्सिलोना बीचको सम्झौता समाप्त गर्न गइरहेको छ, [तर] यदि उनले नापोलीलाई ‘म त्यहाँ आउँछु’ भने यो कति रोचक हुने छ होला?” बोटेंगले ईएसपीएनलाई भने।

“‘उनीहरूले अब नम्बर १०को जर्सी दिँदैनन् होला, [तर] म्याराडोनाको १० नम्बरलाई सम्मान दिनको लागि र पैसा वा केही कुराको सोच बिना नै नेपोलिमा एक वा दुई वर्षको लागि मेस्सी आए निकै राम्रो हुने छ ‘।

“यो एक फिल्म जस्तै हुनेछ

“फ्यानहरु पनि धेरै खुसी हुनेछन् , “यो एक सन्देश हुनेछ, यो सबै ठाउँहरूमा इतिहास हुनेछ।