पूर्व बार्सा अध्यक्ष स्पेनिस पुलिसद्वारा पक्राऊ

बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई पुलिसले पक्राउ गरेको खबर छ। स्पेनिस पुलिस बार्साको कार्यालयमा छापा पनि मारेको खबर छ।

क्याटालान प्रहरीले बार्सिलोनाको कार्यालयमा खोजी गरेको थियो पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ माथि भ्रष्टाचार अनुसन्धान हुने कुरा छ।

बार्टोमेउको नेतृत्वमा बार्सिलोनाले क्लबका कोच र खेलाडीहरूको बारे आलोचना गर्न पैसा खर्च गरेको आरोप छ। क्लबमा आफ्नो छवि राम्रो राख्न बार्टोमेउले खेलाडीहरू माथि अनलाइन आलोचना र आक्रमण गर्न लगाएको आरोप छ।

लियोनेल मेस्सी र जेरार्ड पिके र पेप गार्डियोलालाई लक्षित गर्दै अनलाइन आलोचनाहरूको लागि क्ष जोसेप मारिया बार्टोमेउले पैसा खर्च गरेको चर्चा थियो।

हाल पूर्व बार्सा अध्यक्ष र उनको केही सहयोगीहरू पनि पक्राऊ परेका छन् । बार्साको खराब फम पछि जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका थिए र बार्सामा चुनाव हुन बाकी रहेको छ।