पुर्व फिफा अध्यक्ष कोमामा

एजेन्सी, विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर कोमामा गएका छन ।

क्रिसमस भन्दा केहि दिन अगाडी मुटुको सल्यकृयाका लागि अस्पताल भर्ना भएका ब्लाटरको सल्यक्रिया पछि अवस्था निकै नाजुक बनेको छ ।

जसमा कारण उनी किर्तिम कोमामा पुगेका छन । पछिल्लो पटक उनी अचेत अवस्थामा रहेको बताइएको छ ।

पछिल्लो एक साता भन्दा बढि समयदेखि उनले केहि प्रतिक्रिया दिन छोडेको बताइएको छ ।

८४ बर्षे ब्लाटर गत नोभेम्बरमा कोरोनाबाट संक्रमित भएका थिए । ब्लाटरकी छोरीका अनुसार कोरोना संक्रमित भएपनि निको भएका थिए । तर त्यसपछि उनको मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

१७ बर्ष फिफाको अध्यक्ष बनेका ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपमा कारवाहिमा परेका थिए । पछिल्लो पटक उनमाथि अर्को आरोप लागेको थियो । ब्लाटरको अवस्था कमजोर रहेको उनकी छोरीले बताएकी छिन।