पुर्व चेल्सी प्रशिक्षक फ्र्यान्क ल्याम्पार्ड पुनः क्रिस्टल प्यालेसको नजरमा

एजेन्सी, इङलिस प्रशिक्षक तथा पुर्व खेलाडी फ्र्यान्क ल्याम्पर्ड अर्को सिजन क्रिस्टल प्यालेसको प्रशिक्षक हुने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार क्रिस्टल प्यालेसको वुल्भरह्याम्प्टन वान्डरर्सका पुर्व प्रशिक्षक नुनो एस्पिरिटो सान्टो भित्र्याउने योजना अन्तिम समयमा टुटेकाले क्लबको नजर पुनः फ्र्यान्क ल्याम्पार्ड माथी परेको हो।

चेल्सीका पुर्व प्रशिक्षक ल्याम्पार्डले चेल्सीमा आशा अनुरुप काम गर्न नसकेको हुनाले सिजनको बीचमा नै निष्कासित हुनु परेको थियो। क्रिस्टल प्यालेसका पुर्व प्रशिक्षक रोइ हग्सन सिजनको अन्त्य सम्मका लागि मात्र क्लबमा अनुबन्धित थिए। त्यसैले क्लब हाल नयाँ प्रशिक्षकको खोजीमा छ।

सन् २०१८ मा पहिलो पटक प्रशिक्षक भएका ल्याम्पार्डले च्याम्पियसिपको क्लब डर्बि काउन्टी सम्हालेका थिए। त्यस पछी उनले चेल्सीका प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए।
४२ वर्षका प्रशिक्षक तथा पुर्व मिड्फिल्डर ल्याम्पार्डले इङल्यान्डका लागि १०६ खेलमा २९ गोल गरेका थिए। प्रेमियर लिगमा मात्र उनले ६०९ खेलमा १७७ गोल गरेका थिए।