लुइस स्वारेज आफ्नो पुर्व क्लबमा फर्किन सक्ने

Atletico Madrid's Uruguayan forward Luis Suarez gestures during the Spanish league football match Club Atletico de Madrid against Granada FC at at the Wanda Metropolitano stadium in Madrid on September 27, 2020. (Photo by GABRIEL BOUYS / AFP) (Photo by GABRIEL BOUYS/AFP via Getty Images)

एटलेटिको म्याड्रिडका स्टार स्ट्राइकर लुइस स्वारेज आफ्नो पुर्व क्लब लिभरपुलमा फर्किन सक्ने चर्चा रहेको छ।

खबर अनुसार लिभरपुल आफ्नो पुर्व स्ट्राइकरलाई फेरी साइन गर्ने इच्छुक छन्। आफ्नो स्टार स्ट्राइकर मोहम्मद सलहाले क्लब छोडे स्वारेजलाई उनको विकल्प रूपमा आउँदो गर्मीको ट्रान्सफर विन्डोमा साइ गर्ने रेड्सको योजना रहेको जानकारी छ।

सिजनको सुरुमा स्वारेज बार्साबाट एटलेटिको गएका थिए र एटलेटिकोमा उनको राम्रो खेल रहेको छ। उनी बार्सामा जानु अगाडी लिभरपुल खेलाडी थिए र लिभरपुलमा पनि उनको खेल निकै राम्रो थियो।

हाल खबर अनुसार सुआरेजलाई फेरी साइन गर्ने लिभरपुलको योजना हुन सक्ने छ।

खबर अनुसार क्लोप अर्को सिजन अगाडि एक अनुभवी गोल स्कोरर भर्ती गर्न चाहन्छन्, रोबर्टो फर्मिनो र सादियो माने दुवैले आफ्नो सर्वश्रेष्ठ फर्मलाई दोहोराउन सङ्घर्ष गर्दै छन् भने सलहा क्लब छोड्ने कुराको पनि धेरै चर्चा छ र स्वारेजले क्लबलाई सो अवस्थामा मद्दत गर्न सक्ने क्लोपको विश्वास रहेको छ।