पुर्व एन्फा अध्यक्ष गणेश थापाले गरे एन्फाको आलोचना

पुर्व एन्फा अध्यक्ष गणेश थापाले एन्फाको आलोचना गरेका छन्। उनले आफ्नो फेसबुकमा लामो ईस्टाटस लेख्दै एन्फाको काम प्रति दुखेसो पोखेका छन्।

थापाले फेसबुकमा लेख्दै भने;- आज खेलाडीहरुले तलब नपाएको समाचार बिहान पढे यसमा मलाई कुनै आश्चर्य लागेको छैन यस्तै नहोस भन्नको निमित्त मेरो कार्यकालमा खेलाडीको तलबको निमित्त ८ करोड रुपियाँ फिक्स डिपोजिट राखी त्यसबाट आएको ब्याजबाट महिला तथा पुरुष खेलाडीहरु महिला तथा पुरुष रेफ्रीहरुको तलब दिदै आएका थिए।

उनले थपे “अहिले आएर तीन करोड रुपियाँ फिक्स डिपोजिटबाट निकालेर अन्तै खर्च गरेको सुनेको छु जसले गर्दा यो समस्या आएको हुन सक्छ। त्यस्तै खेलाडीहरूको पाँच वर्षदेखि तलबमा कुनै बृद्धि भएको छैन। पहिले पाउँदै आएको पुरस्कार हटाइएकोमा एन्फाको कमजोरी थाने। मेरो कार्यकाल रहँदासम्म फिफा तथा एयफसी बाट ५ करोड आउँथ्यो भने अहिले आएर फिफा तथा एएफसीले संसार भरिका सबै मुलुकलाई अनुदान बढाएर ५० करोडभन्दा माथि पुगेको छ तर सुविधाको कुरा गर्ने हो भने चाहे क्लब होस् जिल्ला संघ होस वा खेलाडी होस सबैको सुविधामा कटौती भएको देख्दा अच्चम भएको बताए।”