च्याम्पियन्स लिगमा युभेन्टसको पोर्तो विरुद्धको २-१को हार पछि पूर्व इटालियन स्टार फोवार्ड एन्टोनियो कासानोले रोनाल्डोको आलोचना गरेका छन्।
Is Cristiano Ronaldo too selfish? 😳 pic.twitter.com/UC6eIW785K
— ESPN FC (@ESPNFC) February 18, 2021
च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगको खेलमा रोनाल्डोको धेरै राम्रो प्रदर्शन थिएन भने उनले केही प्रभाव पनि पार्न सकेनन् र सो कुरालाई लक्षित गर्दै पूर्व इटालियन स्टारद्वारा रोनाल्डोको आलोचना गरे र उनी खेलमा ‘सेल्फिश’ अथवा स्वार्थी भएको आरोप लगाए।
इटाली र रियल म्याड्रिडका पूर्व फोवार्ड कासानोले रोनाल्डो अझै पनि खेलको शीर्ष स्तरमा रहेको स्वीकार गरे तर यो सिजन उनी गाह्रो अवस्थाबाट गुज्रिरहेको कासानोको विश्वास छ।
“मैले सधैँ भनेको छु, यद्यपि उनी एक उत्कृष्ट खेलाडी हुन् र उनले धेरै गोल गरे पनि पिर्लोको फुटबल शैलीले उनी कठिनाइमा पर्न सक्छन्,”
Agree? 😲 pic.twitter.com/eq60rEpUbu
— Goal (@goal) February 18, 2021
“उनले प्रति खेल गोल गर्छन्, यो सत्य हो, तर उनी पिर्लोको विचार संग सङ्घर्ष गर्दै छन्। उनी सधैँ स्वार्थी हुन्छन्, अरूको गोलमा उनले केही मतलब गर्दैनन्।
“उनी त्यस्तो प्रकारका खेलाडी हुन् जो महान् खेलको लागि होइन, गोलको लागि जिउँछन्। उनी स्कोर गर्न बाँच्दछन् र यस क्षणमा अवस्था बिग्रँदै गइरहेको छ। सबैको लागि वर्ष बित्दै जान्छ र उनलाई कठिनाइ हुँदै जाने छ।
“अनौठो कुरा के हो भने युभेले एक खेलाडी किनेको छ जसले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् तर युभेलाई च्याम्पियन्स लिगमा हाल धेरै कठिनाइहरू छ।