पुर्व आर्सनल र म्यान्चेस्टर युनाइटेड स्ट्राइकर वेलबेक क्लब बिहिन- नयाँ क्लबको लागि संघर्ष गर्दै

पुर्व आर्सनल र म्यान्चेस्टर युनाइटेड स्ट्राइकर वेलबेक अहिले क्लब बिहिन छन् र उनि नयाँ क्लबको लागि संघर्ष गर्दै गरेको खबर आएको छ। उनलाई आर्सनलले रिलीज गरेका थिए र उनि हाल क्लब बिहिन छन् र नयाँ क्लब खोज्दै गरेको कुरा छ।

The Sunको अनुसार उनले प्रति हप्ता £१००,००० सम्मको तलब माग गर्दै छन् र उनलाई साइन गर्न £५ मिलियन सम्म लग्न सक्ने छ।

उनि हाल फ्री एजेन्ट छन् र उनलाई साइन गर्न केहि क्लबले चासो देखाए पनि उनको तलब रकमले क्लबहरु अनिच्छुक बनेको देखिन्छ। २९ वर्षका वेलबेक २०१४मा १६ मिलियनमा युनाइटेड बाट आर्सनल आएका थिए ।