६२ वर्षीय पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रोपटक बिहे गर्दैछ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन्।
सुनसरीबाट निर्वाचित सांसद समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरेका हुन्।
६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो । कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन्। कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन्।
नेपाली कांग्रेसका नेता कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन्। कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको जानकारीमा आएको छ।