पुर्नरागमन गर्दै टोटेन्ह्याम हारबाट जोगियो

इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार भएको खेलमा टोटेन्ह्यामले बराबरी खेलेको छ ।

ब्रेन्ट्फोर्डबिरुद्ध भएको खेल २-२ को बराबरीमा रोकेको हो ।

घरेलु टोलि ब्रेन्ट्फोर्डले २-० को अग्रता गुमाउँदै टोटेन्ह्यामसंग बराबरी खेलेको हो ।

खेलको १५ औं मिनेटमा जान्लेटले गोल गर्दै ब्रेन्ट्फोर्डलाई १-० को अग्रता दिलाएको थियो ।

५४ औं मिनेटमा इभान टोनिले गोल गर्दै २-० को अग्रता दिलाए ।

६५ औं मिनेटमा टोटेन्ह्यामका ह्यारी केनले गोल गर्दै २-१ बनाए ।

७१ औं मिनेटमा होइबर्गले गोल गर्दै टोटेन्ह्यामलाई २-२ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसंगै टोटेन्ह्याम चौथौ स्थानमा रहेको छ भने ब्रेन्ट्फोर्ड नवौं स्थानमा रहेको छ ।