पुरुष हक्कीमा भारत सेमिफाइनलमा पराजित

एजेन्सी, टोक्यो ओलम्पिकमा जारी पुरुष हक्कीमा भारत बेल्जियमसंग लज्जास्पद हार बेहोरेको छ । एलेक्सान्डर हेन्ड्रिक्सको ह्याट्रिक गोलको मद्दतले बेल्जियमले सहज जित हात पारेको हो

मंगलबार सेमिफाइनल खेलमा बेल्जियमले भारतलाई ५-२ ले हराउदै फाइनलमा स्थान बनाएको छ । भारत भने कास्य पदकको लागि अष्ट्रेलिया र जर्मनी बिचको पराजित टिमसंग खेल्नेछ ।

भारतलाई ४१ बर्ष पछि ओलम्पिक पदक जित्ने सुनौलो अवसर पनि हो ।

बेल्जियमका लागि अन्य दुई गोल लोइक लुपायर्ट र जोन डोहमेनले गरे ।

यस्तै, भारतका लागि हर्मनप्रित सिंह र मन्दिप सिंह एक एक गोल गरेका थिए ।

त्येस्तै, महिला हक्की तर्फ भारतले सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध बुधबार खेल्नेछ ।