पुछारको टिम संग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिगको पुछारमा रहेको वाट्फोडसंग २-० ले हारेको छ ।

खेलमा पहिलो हाफ गोल रहित रह्यो ।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमै वाट्फोडले अग्रता लियो । युनाइटेडका गोलकिपर डेभिड डे हेयाले गल्ती गरेपछि वाट्फोडले १-० बनाएको हो ।

५४ औं मिनेटमा वाट्फोर्डका कप्तान डिनिले पेनाल्टीबाट गोल गर्दै वाट्फोर्डलाई २-० को जित दिलायो ।

यो वाट्फोर्डको लिगमा मात्र दोस्रो जित हो ।

जितसंगै वाट्फोर्ड १२ अंक सहित अन्तिम स्थान मै रहेको छ भने युनाइटेड ८ औं स्थानमा रहेको छ ।