पीपीएल फाइनल आज, पारस र प्रदीपको टिम प्रतिस्पर्धामा

फाइनल खेल चितवन राइनोज र विराटनगर टाइटन्सबीच हुँदै छ । प्रतिस्पर्धा पोखरा क्रिकेट मैदानमा शनिबार बिहान साढे ११ बजे हुँदै छ । चितवन पहिलो संस्करणको प्रतियोगितामा पनि फाइनल प्रवेश गरेको थियो ।

पोखरा प्रिमियर लिग उपाधिका साथ शुक्रबार फाइनल प्रतिद्वन्द्वी विराटनगरका कप्तान प्रदीप ऐरी र चितवनका कप्तान पारस खड्का ।

फाइनलमा पोखरा पल्टनले चितवनलाई ३ विकेटले हराएको थियो भने विराटनगर लिग चरणबाटै बाहिरिएको थियो ।

चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरी हुन् ।

चितवन लिग चरणमा सबै खेल जित्दै फाइनल प्रवेश गरेको थियो भने विराटनगर इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनल प्रवेश गरेको थियो ।