पीपीएल टी-२० : काठमाडौंसँग धनगढी पराजित

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत शनिबर भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पाएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।

दिपेन्द्र सिंह ऐरीले अर्धसतकिय पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४२ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा ५४ रन जोडेका थिए । धनगढीका लागि पाँचौ नम्बरमा मैदानमा आएका सन्दिप जोराले निकैनै आक्रमक ब्याटिङ गरेका थिए ।

उनले ११ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २७ रन जोडेर धनगढीको पारी उकास्ने प्रयाश गरेका थिए । तर, उनी अमरसिंह रौटेलाको बलमा क्याच आउट हुन पुगे । त्यस्तै पेटर ट्रेगो १९, सौरभ खनालले १७, सन्दिप सुनुवारले ११, दिलिप नाथले १० रन जोडे ।

काठमाडौंका लागि सुसान्त भारीले र बसन्त रेग्मीले समान दुई विकेट लिए । त्यस्तै नन्दन कुमार यादव, गौरभ तोमर र अमरसिंह रौटेलाले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंका लागि बिदेशी खेलाडी गौरभ तोमरले अर्धसतकिय पारी खेले । उनले सतक प्रहार गर्नबाट ५ रनले चुके । उनले ४४ बलमा चार चौका र १० छक्काको मद्दतले ९५ रन जोडेका हुन् ।

त्यस्तै नरेश बुढाएरले अवजित ३६ रनको पारी खेले । उनले २४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३६ रन जोडे । जयकिसन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन जोडे ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, पेटर ट्रेगो र सागर ढकालले समान एक एक विकेट लिए ।