पीपीएल अक्सन : यी हुन् सर्वाधिक महँगो मुल्यमा बिक्री भएका १० खेलाडी

आगमी कात्तिक दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको लागि खेलाडी लिलामी अर्थात किनबेच भर्खर सकिएको छ । आज काठमाडौँको होटल सांग्रिलामा भएको लिलामीमा कुल १ सय ७८ खेलाडी अक्सनमा थिए ।

खेलाडीलाई ३ श्रेणिमा विभाजन गरि मुल्य तोकिएको थियो । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको थियो भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको थियो। क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार,अधिकतम मूल्य रु एक लाख ५० हजार,अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख तोकिएको थियो ।

पीपीएलमा ६ शहरका ६ टिम रहेका छन् । चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन,एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स रहेका छन् । यी १० खेलाडी जो आजको अक्सनमा सर्वाधिक महँगो मुल्यमा विक्री भएका छन् ।

१.बसन्त रेग्मी –हुलास काठमाडौँ रोयल्स –२,५०,०००
२.आरिफ शेख –चितवन राइनोज –२,५०,०००
३.सागर पुन– बुटवल ब्लास्टर्स – २,५०,०००
४.करण के.सी – चितवन राइनोज – २,५०,०००
५.बिनोद भण्डारी – पोखरा पल्टन – २,५०,०००
६.रोहित कुमार पौडेल – पोखरा पल्टन – २,५०,०००
७.अनिल कुमार शाह – चितवन राइनोज –२,५०,०००
८.प्रदिप ऐरी – विराटनगर टाइटन्स् –२,४०,०००
९.दिलिप नाथ – एक्पर्ट धनगढी ब्लुज –२,४०,०००
१०.नरेस बुढाएर –हुलास काठमाडौँ रोयल्स – २,३०,०००