पीएसजी जान सक्ने बारे मेस्सीको बुबाको यस्तो भनाइ

लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने भन्दै चलेको हल्लालाई मेस्सीका पिता एंव एजेन्ट जोर्गे मेस्सीले खारेज गरेका छन् ।

विभिन्न संचार माध्यममा मेस्सी पिएसजी जान सक्ने भन्दै आएको रिपोर्टलाई मेस्सीका पिता एंव एजेन्ट जोर्गे मेस्सीले सामाजिक संजाल इन्स्टाग्राम मार्फत खारेज गरेका हुन् ।

मेस्सी पिएसजी जान लागेको समाचारको स्क्रिनसट समेत राखेर जोर्गे मेस्सीले इन्स्टाग्राम मार्फत उक्त समाचारलाई ‘फेक न्युज’ भनेका छन्। साथै उनले अनावश्यक हल्ला नगर्न पनि आग्रह गरेका छन् ।