पीएसजी छाडेर रियल जाने कुरामा एमबाप्पेले खोले मुख

एमबाप्पेलाई यो सिजन क्लबमा भित्राउने रियल म्याड्रिडको प्रस्तावलाई पेरिस सेन्ट जर्मेनले अस्वीकार गरेको थियो । फ्रान्सेली युवा फरवार्डले क्लब छाड्न चाहेपनि पिएसजी तयार नभएपछि उनी बस्न राजी भए ।

ट्रान्सफर मार्केट खुला हुँदा एमबाप्पेको चर्चा चलिनै रह्यो । त्यति बेला एमबाप्पेले सार्वजनिक रुपमा भने केहि बोलेनन् । अहिले भने उनले आफ्नो इच्छा के थियो भन्ने बारेमा बालेका छन् ।

‘मैले छाड्न चाहेको थिए । म पिएसजीसँगको सम्झौता नविकरण गर्न चाहन्न थिएँ’, एमबाप्पेले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘क्लबले सरुवा प्रस्ताव स्वीकार गरोस् भन्ने म चाहन्थें । जसले उनीहरुलाई पैसा आउँथ्यो । अन्य स्तरीय खेलाडी ल्याउन मद्दत पुग्थ्यो । मैले सुरुमै क्लबलाई त्यसविषयमा सोच्न भनेको थिए । मलाई लाग्थ्यो त्यो प्रस्ताव हामी दुवै पक्षका लागि फाइदाजनक थियो

एमबाप्पेले सरुवाका लागि आफूले जुलाई मै पिएसजीलाई प्रष्ट पारेको पनि बताएका छन् । ‘अन्तिम समयमा होइन कि मैले जुलाई मै आफ्नो धारणा क्लबलाई राखेको थिएँ,’ उनले भने, ‘मैले सुरुवातमै आफू जान चाहेको बताएको थिए । तर, क्लबको निर्णयको मैले सम्मान गरे । यदि क्लबले मलाई पठाउँदै भने म बस्छु भनेको थिए ।’