पीएसजीले भित्र्याए इकार्डी; नेयमार बार्सिलोना जान नपाउदा दुखी

मौरो इकार्डी फ्रेन्च क्लब पीएसजी आएका छन् । उनी ईटालियन क्लब ईन्टर मिलानबाट लोनमा पीएसजी आएका हुन् ।

२६ बर्षिया फरवार्डले ईन्टरसंग दुई बर्षको सम्झौता लम्ब्याएका थिए । तर पीएसजीले स्थायी रुपमा अनुबन्धन गर्ने विकल्प सहित इकार्डीलाई क्लबमा ल्याएको हो । उनले ६ बर्ष ईन्टरमा बिताएका थिए । इकार्डीले २ सय १९ खेलमा १ सय २४ गोल गरेका थिए ।

ट्रान्स्फर विन्डो बन्द भए संगै नेयमार भने बार्सिलोना जान नपाउदा पीएसजीसंग रिसाएको बुझिएको छ । उनी जनवरी कि अर्को सिजन बार्सिलोना नै जाने सोचमा रहेको बुझिएको छ ।