पीएसजीमा एम्बाप्पेको प्रतिस्थापन रोनाल्डो हुन सक्ने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्ट्राइकर काइलियन एम्बाप्पेले यस सिजनको अन्त्य पछि क्लब छोड्ने सम्भावना निकै प्रवल देखिन्छ ।

फ्रेन्च क्लबसंगको एम्बाप्पेको सम्झौता यस सिजन पछि सक्किने छ । रियल म्याड्रिडले उनलाई भित्र्याउन खोजी रहेको र एम्बाप्पेले पनि रियल जाने इच्छा व्यक्त गरेका छन् ।

यद्यपि, पीएसजीले एम्बाप्पेको प्रतिस्थापनका लागि म्यान्चेस्टर युनाइटेडका स्टार क्रीस्टियानो रोनाल्डो भित्र्याउने योजना बनाएका छन् ।

गत समर जब एम्बाप्पे रियल जान निकै नजिक थिए तब उनको स्थानमा रोनाल्डो भित्र्याउन खोजेको बुझिएको छ ।

रोनाल्डो पेरिसमा गए हामीले मेस्सी र रोनाल्डोसंगै एकै टोलिबाट खेलेको देख्न पाउनेछ ।