पीएसजीको फराकिलो जितमा एमबाप्पे र नेयमारको गोल

फ्रेन्च लिग वनमा शीर्ष स्थानको पेरीस सेन्ट जर्मेनले फराकिलो जित हासिल गरेको छ ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा एमिन्स एससीलाई चार एक गोलले हराएको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे । रेलिगेसन जोनमा रहेको एमिन्स विरुद्ध खेलको १० औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । उनले नेयमारको पासको सदुपयोग गरेका थिए ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको पीएसजीले दोस्रो हाफमा तीन गोल थप्यो । उसका लागि ४६ औं मिनेटमा नेयमारले गोल गरे । उनले इकार्डीको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि ६५ औं मिनेटमा फेरी एम्बाप्पले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । तीन गोलले पछि परेको एमिन्सका मेन्डोजाले खेलको ७० औं मिनेटमा गोल गर्दै अन्तर कम गरेका थिए ।

तर त्यसपछि ८४ औं मिनेटमा इकार्डीले जुवान बेरनाटको पासमा गोल गरेपछि पीएसजीले सहज जित हात पार्यो ।

यो जितपछि पीएसजीले १८ खेलमा ४५ अंक बनाएको छ उसले ओलम्पिकोससँगको दुरी सात अंकमा पुर्याएको छ ।