पीएसजीको जितमा मेस्सी फेरि गोल बिहिन

पीएसजीले लिग वानमा जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको १२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए।

 

त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १८ खेलमा ४५ अंक जोडेको छ ।

मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।