पीएसजीका स्टार स्ट्राइकर एट्लेटिको म्याड्रिड जाने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका उरुगुएन स्ट्राइकर इडिन्सन काभानीले यस सिजन पछि एट्लेटिको म्याड्रिड जाने भएका छन् ।

पीएसजीसंग यस सिजनको अन्त्य सम्म रहेको सम्झौता सक्के पछि काभानी एट्लेटिको म्याड्रिडमा जाने भएको छ ।

काभानीले एट्लेटिकोसंग ३ बर्षको सम्झौता गरेको बुझिएको छ ।

पीएसजीले अर्जेन्टाइन स्ट्राइकर इकार्डी भित्र्याए पछि काभानीले यस सिजन धेरै खेल्ने मौका पाएको छैन ।