पि.एस.जिको मुख्य प्राथमिकता मेस्सी नभई एम्बापे

एजेन्सी, फ्रेन्च क्लब पि.एस.जिको मुख्य प्राथमिकता अर्जेन्टिनियन स्टार खेलाडी लियोनल मेस्सी भित्र्याउनु नभई आफ्ना युवा स्टार खेलाडी किलियन एम्बापेलाई नयाँ सम्झौतामा अनुबन्ध गर्नु रहेको भनिएको छ। रिपोर्टका अनुसार मेस्सी भित्र्याउने दौडमा पि.एस.जि अगाडि रहेता पनि क्लबको मुख्य प्राथमिकता किलियन एम्बापेलाई नयाँ सम्झौतामा अनुबन्ध गर्नु हो।

मेस्सी र बार्सिलोना बिचको सम्झौता नविकरण नहुने भए पछी पि.एस.जि उनलाई भित्र्याउने दौडमा अगाडि रहेको देखिन्छ। रिपोर्टका अनुसार आफ्ना युवा स्टार खेलाडी किलियन एम्बापे थप एक वर्ष सम्मका लागि मात्र क्लबमा अनुबन्ध रहेकाले र एम्बापे पनि क्लबसँगको आफ्नो सम्झौता नविकरण गर्न इच्छुक नदेखिएकाले क्लबको मुख्य प्राथमिकता किलियन एम्बापेलाई नयाँ सम्झौतामा अनुबन्ध गर्नु नै रहेको छ।
रिपोर्टका अनुसार एम्बापे भित्र्याउन रियल मड्रिड इच्छुक छन् भने एम्बापे पनि रियल मड्रिडको जर्सीमा खेल्न इच्छुक रहेको देखिन्छन्। हाल सम्म मेस्सी भित्र्याउने दौडमा म्यान्चेस्टर सिटि नदेखिएकाले र नेमार पनि पि.एस.जिका खेलाडी भएकाले उनी पि.एस.जिमा अनुबन्ध हुने सम्भावना प्रबल छ।