पि.एस.जिका डिफेन्डर भित्र्याउन युभेन्टस इच्छुक

एजेन्सी, इटालियन क्लब युभेन्टसको नजर फ्रेन्च क्लब पि.एस.जिका फुल ब्याक मित्सेल ब्याकर माथी परेको छ। रिपोर्टका अनुसार युभेन्टस ब्याकरका लागि पि.एस.जिसँग प्रस्ताव गर्ने तैयारीमा छन्।

रिपोर्टका अनुसार युभेन्टस ब्याकरका लागि पि.एस.जिसँग करिब १५ मिलियन युरोको प्रस्ताव गर्ने तैयारीमा छन्। यसका साथसाथै ब्याकरका एजेन्ट मिनो रायोला युभेन्टससँग कुराकानीमा रहेको पनि भनिएको छ। ब्याकर भने अझै थप दुई वर्षका लागि पि.एस.जिमा अनुबन्ध छन्। उनले गत सिजन लिग १ मा मात्र पि.एस.जिका लागि २६ खेल खेलेका थिए।
२१ वर्षका डच खेलाडी ब्याकर २०१९ मा डच क्लब आयक्सबाट पि.एस.जिमा अनुबन्ध भएका थिए। उनले पि.एस.जिका लागि ४५ खेल खेली सकेका छन्। आयाक्सका लागि भने उनले २ खेल मात्र खेलेका थिए।