पिटर सेगुन सातदोबाटो युथ क्लबबाट खेल्ने

काठमाडौं, सहिद स्मारक ए डिभिजन लिगका लागि नया क्लब सातदोबाटो युथ क्लबले नाइजेरियन डिफेन्सर पिटर सेगुनलाई अनुबन्ध गरेको छ।

बि डिभिजनबाट ए डिभिजनमा बदुवा भएको सातदोबाटोको यो पहिलो ए डिभिजन लिग हुनेछ।

पिटर सिगुनले अघिल्लो सिजन मछिन्द्र क्लबबाट खेलेको थियो। त्यस्तै नेपाल सुपर लिगमा उनले ललितपुर सिटि एफसीको डिफेन्सलाई सम्हालेका थिए।

सातदोबाटो युथ क्लबले बि डिभिजन बिजेता बन्दै ए डिभिजनको यात्रा तय गरेको थियो।