पिचीची अवार्डको बिजेता मेस्सी

स्पेनिस क्लब बार्सीलोनाका कप्तान लियोनल मेसीलाइ गत सिजनको ला लिगामा गरेको उत्कृष्ट प्रदर्शनका लागि पिचीची अवार्ड प्रदान गरिएको छ ।

स्पेनिस पत्रिका मार्काले , अघिल्लो सजन ला लिगाको उच्च गोलकर्तालाइ पिचिची अवार्ड प्रदान गर्दै आएको छ । सन २०१७–१८ को सिजनमा मेसीले ला लिगामा ३४ गोल गरेका थिए । उनले पांचौ पटक यो अवार्ड जितेका हुन् ।