पिके सन्यासबाट फर्किदै

एजेन्सी । बार्सिलोनाका पुर्व डिफेन्डर जेराड पिके फुटबलमा फर्किने तयारी गरेका छन् । उनले केही महिना अगाडि मात्र फुटबलबाट सन्यास लिएका थिए ।

३५ वर्षे डिफेन्डर बार्सिलोनाको पहिलो रोजाईमा नपरे पछि फुटबलबाट सन्यास लिएका थिए ।

स्पेनिस लिगका दोस्रो श्रेणीका क्लब एफसी एन्डोराबाट पिके फुटबलमा फर्किन चाहन्छ । एन्डोरा पिकेको स्वामित्वमा रहेको क्लब हो ।

उनले २०१८ डिसेम्बरमा एफसी एन्डोरा खरिद गरेको थियो ।

तर, आर्थिक प्रतिबन्धका कारण पिकेले तत्काल खेल्न पाउने छैनन् ।

ला लिगाको मुल्यांकन समितीले खेलाडी अनुसारको पारिश्रमिक हुनु पर्ने जनाएको छ ।

पिकेले बार्सिलोनामा मोटो पारिश्रमिक बुझ्दै आएको कारण उनले ठूलो रकम कटौती गर्न पाउने छैनन् ।

अब एफसी एन्डोराले आर्थिक पक्ष सुधार गरेको अवस्थामा मात्र फुटबलमा फर्किने सम्भावना रहेको छ ।