पिके ६ महिना सम्म मैदान बाहिर हुन सक्ने

बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिके चोटको कारण ६ महिना सम्म मैदान बाहिर हुन सक्ने खबर छ। एटलेटिको म्याड्रिड बिरुद्धको पराजयमा उनको घुँडामा चोट लागेपछि उनले मैदान छोडेका थिए।

३३ बर्सका डिफेन्डर एन्जिल कोरियासँग ठोकिन पुगेका थिए र उनलाई घुँडामा गम्भीर चोट लागेको खबर छ।

खबर अनुसार पिके ६ महिना सम्म मैदान बाहिर हुन सक्ने छ र सो कुरा बार्साको लागि निकै नराम्रो खबर रहेको छ हाल बार्सा फाती र शमूएल उम्तिती र सेर्गी रोबर्टो जस्तो खेलाडी बिना छन्।

उनको चोट निकै गम्भीर रहेको खबर छ भने बार्साको तनाव अझ थप तनावमा हुने देखा परेको छ। एटलेटिको बिरुद्धको खेल बार्साले १-०ले हारेको थियो।