पिकेले गरे बार्सिलोनाको उद्धार

बार्सिलोनाले च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे ।

उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । जोर्डी अलबाको पासमा उनले गोल गरेका हुन् ।

यस जितसँगै समूह ई को बार्सिलोनाले ३ खेलमा ३ अंक जोडेको छ ।

बार्सिलोनाले यस अघिका दुई खेल गुमाएको थियो ।

बार्सिलोना समूहको तेस्रो स्थानमा रहेको छ ।

किभले ३ खेलमा १ अंक जोडेको छ ।

किभ समूहको पुछारमा रहेको छ ।