पिएसजी सामु नेमारको यी मागहरू

पेरिस सेन्ट-जर्मेन सँग आफ्नो सम्झौता विस्तार गर्न अगि नेमारले क्लब सामु केही माग राखेको खबर छ। खबर अनुसार आफ्नो नयाँ करारमा हस्ताक्षर गर्नु भन्दा पहिले नेमारले पिएसजीलाई जापानको ओलम्पिक र आउँदो कोपा अमेरिका खेल्न खेल्न अनुमति दिन माग गरेका थिए ।

अघिल्लो रियोमा ओलम्पिकमा स्वर्ण जितेका २९ वर्षका स्टार टोकियोमा पनि ब्राजिल टिमको लागि छनौटको लागि उपलब्ध हुने छन्। खबर अनुसार नेमारले पिएसजीलाई ओलम्पिकमा खेल्न टोकियो जान, साथै गर्मीको कोपा अमेरिकामा खेल्न अनुमति माग गरेका छन्।

पिएसजीको लागि समस्या यो हो कि ओलम्पिक फुटबल प्रतियोगिता जुलाई २१ र अगस्ट ८को बिचमा हुँदै छ। ती मितिहरूमा पिएसजीको प्रि-सिजनको पछिल्लो चरणहरू र अर्को सिजनको पहिलो खेलहरुसँग मिल्दछ ।

यसबाहेक, कोपा अमेरिका र ओलम्पिकमा खेल्दा नेमारलाई क्लब अभियान सुरु गर्नु अघि आरामको समय चाहिने छ।

२०१६ मा, बार्सिलोनाले नेमारलाई ओलम्पिकमा खेल्न दिन सहमत भए, यद्यपि उनले त्यो अघि भएको कोपा अमेरिकामा खेलेनन्।