बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा र रियल म्याड्रिड बीच सम्झौता भएको खबर छ। बायर्न संग डेविड अलबाको सम्झौता जूनमा अन्त्य भए पछि उनि रियलको टिममा सामेल हुने छन्।
Real Madrid have reached an agreement to sign David Alaba from Bayern Munich in summer, per @marca 🚨 pic.twitter.com/zspHuPtUjv
— B/R Football (@brfootball) January 18, 2021
बायर्न म्युनिख संग अलबाको सम्झौता अन्त्य हुन नजिक रहेको समय अलबा अन्य क्लब संग वार्ता र सम्झौता गर्न स्वतन्त्र थिए।
म्यान्चेस्टर युनाइटेड पनि उनलाई साइन गर्न इच्छु थिए र खबर अनुसार रियलले युनाइटेडलाई पछि पार्दै उनि संग सम्झौता गरेका छन्।
Real Madrid were leading the race to sign David Alaba since the beginning of January. ⚪️
…and today Marca confirms that the deal with Real Madrid is set to be completed. He’s joining as a free agent next summer. 🤝🇦🇹 https://t.co/LITUivZexn
— Fabrizio Romano (@FabrizioRomano) January 18, 2021
उनले रियल संग ४ वर्षको सम्झौता गरेको कुरा छ र उनको तलब ११ मिलियन यूरो प्रति वर्ष हुने कुरा छ। ४०८ खेलमा बायर्नको लागि ३२ गोल र ४९ असिस्ट गर्दै उनले क्लब संग दुई चैम्पियन्स लिग नौ बुन्डेस्लिगा जितेका छन्। अलाबालाई युरोपको सर्वश्रेष्ठ डिफेन्डरहरू मध्ये एकको दर्जा दिइन्छ।