पिएसजी र मार्सेली बीचको तनावपुर्ण खेलमा ५ खेलाडीलाई रातो कार्ड(VIDEO)

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले यो सिजन आफ्नो दोस्रो हार बेहोरेको छ । निकै तनावपुर्ण बनेको मार्सेली संगको खेल खेलमा पिएसजी घरेलु मैदानमै १-० ले पराजित भएको थियो।

उक्त खेल पिएसजीको हारले मात्र नभएर खेलमा भएको तनावपुर्ण घटनाले पनि धेरै चर्चाको विषय बनेको छ। उक्त खेलमा नेयमारसहित पाँच खेलाडीले रेड कार्ड पाएका थिए।

खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै आवे टिमलाई अग्रता दिलाएका थिए। खेल अतिरिक्त समयमा पुग्दा दुई टिमका खेलाडी बीच झगडा हुन पुगेको थियो जसको कारण रेफ्रीले पाँच रेड कार्ड दिएको थियो। खेलको अन्तिम समयमा अर्जेन्टिनी जोडी डारियो बेनेडेटो र लिआन्ड्रो पेरेडेसबीचको झगडाले ठुलो रुप लिएपछि खेलमा निकै नै तनाव ग्रस्त भएको थियो ।

उक्त खेलमा नेमारले अल्भारो गोन्जालेजको टाउकोमा हानेको देखा परे पछि उनले पनि रातो कार्ड पाएका थिए खेल पछि नेमारले अल्भारो आफु प्रति (जातीय) भेदभाव हुने शब्द प्रयोग गरेको दोष लगाए र सो कारण आफुले सो कार्य गरेको उनले बताएका छन्