पिएसजी र बार्सिलोनाको प्रस्ताव अस्विकार गर्दै म्यान सिटीका स्टार साउदी जान सक्ने

म्यानचेस्टर सिटीका स्टार बर्नार्डो सिल्भाले यस समर ट्रान्सफर विन्डो क्लब छोड्ने आफ्नो इच्छा व्यक्त गरेका छन् भने उनलाई साइन गर्न पिएसजी र बार्सिलोना जस्तो क्लब इच्छुक रहेको बेला उनले साउदी अरेबियाको क्लब सँग सम्झौता गर्न सक्ने रिपोर्ट रहेको छ।

हालै मात्र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सँग ट्रेबल जितेका बर्नार्डो सिल्भा र सिटी बिच सम्झौता २०२५ सम्म रहे पनि सिल्भा क्लब छोड्न इच्छुक रहे पछि धेरै क्लबहरूको नजर उनी माथि रहेको छ तर सिल्भा भने साउदी प्रो लिगमा खेल्न सक्ने रिपोर्ट छ।

उनलाई साइन गर्न फ्रेन्च क्लब पिएसजी, ला लिगा क्लब बार्सिलोना सहित नाम नखोलेको साउदी क्लब इच्छुक रहेको जानकारी रहेको बेला बर्नार्डो सिल्भाले साउदी क्लबको प्रस्ताव रोज्न सक्ने रिपोर्ट रहेको छ।

२०१७मा म्यानचेस्टर सिटीमा आएका बर्नार्डो सिल्भा धेरै समय देखि सिटीको महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका छन् भने यो ट्रान्सफर विन्डो उनले क्लब छोड्ने निश्चित रहेको छ।

बर्नार्डो सिल्भाले हाल सम्म म्यानचेस्टर सिटीबाट ३०६ खेल खेल्दै ५५ गोल र ५९ असिस्ट गरेका छन् भने क्लबमा उनले ५ लिग उपाधि र १ च्याम्पियन्स लिग जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ