पिएसजी म्यान सिटी कोच पेप गार्डियोला भित्राउन ठुलो प्रस्ताव राख्ने योजना बनाउंदै

डेली एक्सप्रेसको अनुसार पिएसजी आउँदो गर्मीमा पेपलाई सिटी छोड्न र पिएसजीमा आउनको लागि ठूलो सम्झौताको प्रस्ताव गर्न तयार रहेको छ।

फ्रान्सेली च्याम्पियन पिएसजी केहि समय देखि गार्डियोला भित्राउने कुरा संग जोडिएका छन् र यदि हालका कोच थॉमस टुचेलले क्लब छोड्ने हो भने नयाँ कोचको सर्टलिस्टमा पेप शीर्ष स्थानमा हुने विश्वास छ।

गार्डियोला अर्को सीजनको अन्त्यसम्म सिटीको सम्झौतामा छन्, तर यस सिजनमा हल्लाहरु बढेको छ कि यो सिजन क्लबमा उनको अन्तिम हुन छ।

उनले जोड दिएका छन कि उनी “अर्को सिजनमा १००% सिटीमै हुने छन् “- तर पिएसजीका धनी मालिकहरू उनलाई प्रलोभनमा राख्न ठूलो प्रस्ताव गर्न तयार छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ