पिएसजी मेस्सीको नयाँ गन्तव्य हुन सक्ने

स्पेनिस क्लब बार्सिलोना र लियोनल मेस्सी बिच नयाँ सम्झौता हुन नसके पछि मेस्सीले क्लब छोड्ने कुरा स्पष्ट भएको छ। आर्थिक समस्यामा रहेको बार्साले मेस्सी सँग नयाँ सम्झौता साइन गरे ला लिगा नियम तोड्ने क्रममा हुने थियो जसको कारण बार्साले आफ्नो सुपरस्टार खेलाडी गुमाउनु परेको छ।

मेस्सीले बार्सा छोड्ने खबरले सबैलाई स्तब्ध बनाएको थियो भने सो बारे धेरै चर्चा पनि भएको छ भने हाल उनको नयाँ गन्तव्य बारे धेरै छलफलहरू हुन थालेको छ।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार लिग वान क्लब पिएसजी मेस्सीको अवस्थाको अनुगमन गर्ने पहिलो टिम रहेको छ। गत सिजन अन्त्य भए पछि मेस्सीले क्लब छोड्ने धेरै चर्चा भएको थियो र मेस्सीको नाम पिएसजी, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी र चेल्सी जस्तो क्लब सँग जोडिएको थियो भने सो चर्चा समय सँगै सेलाएको थियो भने हाल उनको ट्रान्सफरको चर्चा फेरी बढ्ने निश्चित रहेको छ।

हाल खबर अनुसार पिएसजी उनलाई साइन गर्ने दौडमा धेरै अगाडी रहेका छ भने पिएसजीले मेस्सी सँग सम्पर्क गरेको छ। यो ट्रान्सफर विन्डो पिएसजीले अच्राफ हाकिमी,रामोस जर्जिनियो विज्नाल्डम र जियानलुजी डोनारुम्मा जस्ता खेलाडीहरू साइन गरेको छ भने मेस्सी साइन गर्न सके पिएसजी अविश्वसनीय रुपमा बलियो हुने छ।