पिएसजी बिरुद्ध कानूनी कार्यवाही गर्ने बार्सिलोनाको चेतावनी

Credit:- AS English

बार्साका अध्यक्ष बन्ने दाउमा रहेका जोआन लापोर्टाले पेरिस सेन्ट-जर्मेनको लिओनेल मेस्सीको साइन गर्ने प्रयास “अनादरपूर्ण” रहेको र फ्रेन्च क्लबबिरुद्ध कानूनी कार्यवाही गर्न आफु तयार रहेको चेतावनी दिए।

मेस्सीले क्लब छोड्ने चर्चा हुदै गर्दा उनको नयाँ क्लब पिएसजी हुन सक्ने चर्चा हुँदा पिएसजीका प्रतिनिधिहरु सो बारे सार्वजनिक रूपमा बोल्दै आएका छन् र मेस्सी साइन गर्न आफुहरु इच्छुक रहेको पनि पिएसजीले स्पष्ट गरेका छन्।

यद्यपि, पिएसजीको सो व्यवहारबाट बार्सिलोना र क्लबका अध्यक्ष पदका उम्मेदवार खुसी छैनन्। पिएसजीको मेस्सी साइन गर्ने प्रयास बारे जोआन लापोर्टाले कुरा गर्दै भने- “यो बार्सालाई अनादर गर्ने कुरा हो जसरी पिएसजी जस्ता क्लब सार्वजनिक रूपमा मेस्सी साइन गर्ने बारे बोल्दै छन्।

“यो पिएसजी जस्तो क्लबबाट आउँदैछ र यो नियमहरू विपरितमा छ । यस्तो गर्न हामी क्लबहरूलाई अनुमति दिन सक्दैनौं, अर्को क्लबलाई अस्थिर पार्ने काम।

“त्यस अर्थमा हामीले त्यस्ता कार्यहरू रोक्न युईएफए र फिफासँग कुरा गर्नुपर्नेछ। पिएसजीले [मेस्सीको बारेमा कुरा गर्नबाट टाढा रहन पर्छ)। अर्को क्लबले उनको बारेमा कुरा गर्ने ठाउँ छैन। र यस समयमा क्लबमा अध्यक्ष छैन जसले यो कुराको जवाफ दिन सक्छन”।