पिएसजी नेमारलाई नयाँ ‘ठुलो सम्झौताको’ प्रस्ताव गर्न तयार

PARIS FRANCE - JANUARY 17: Neymar Jr of PSG celebrates his third goal during the French Ligue 1 match between Paris Saint Germain (PSG) and Dijon FCO at Parc des Princes stadium on January 17, 2018 in Paris, France. (Photo by Jean Catuffe/Getty Images)

पेरिस सेन्ट-जर्मेन आगामी महिनामा नेमारलाई नयाँ सम्झौताको प्रस्ताव राख्न तयारी गरिरहेको खबर छ।

२०१७ बार्सिलोनाबाट पिएसजीमा आएका ब्राजिलियन स्टारले क्लब छोड्ने चर्चा धेरै हुदै गर्दा पिएसजी उनि संग नयाँ सम्झौता गर्न चाहन्छन्।

यद्यपि, कोरोनाभाइरस महामारीको वित्तीय प्रभावले कुनै पनि इच्छुक क्लबहरूको उनलाई साइन गर्न पिएसजी वा नेमारको माग पुरा गर्न असक्षम हुन सक्ने छ भने पिएसजी उनलाई क्लबमै राख्न उनलाई नयाँ ‘ठुलो’ रकमको सम्झौता दिन तयार रहेको खबर छ यद्यपि उनलाई पिएसजीले नयाँ सम्झौता अनुसार कति तलबको प्रस्ताव गर्ने भने कुरा खुलेको छैन।

पिएसजी र नेमार बीच हालको सम्झौतामा २ वर्ष भन्दा कमको समय बाकी रहेको छ। पिएसजी उनलाई क्लबमै राख्न इच्छुक छन्।

खबर अनुसार औपचारिक प्रस्ताव बारे अझै छलफल बाँकी रहेको तर ब्राजिलका सुपरस्टार र क्लब प्रतिनिधिहरू बीच वार्ता भैरहेको छ।

नेमारले अहिले सम्म पिएसजीको लागि ८७ खेलमा ७२ गोल गरेका छन्।