पेरिस सेन्ट-जर्मेनले एडिसन काभानी पश्चातको जीवनको तयारी गरिसकेका छन। एट्लेटिको म्याड्रिडमा जान चाहे पछि पिएसजीले गोन्जालो हिगुइनलाई काभानीको बैकल्पिक खेलाडिको रुपमा हेरिएको छ।
फ्रान्सेली क्लबले माउरो इकार्डीसँग प्रतिस्पर्धा गर्नको लागि एउटा अक्रमाक खेलाडि भित्राउन चाहेको हो। यसै क्रममा हिगुइन, फर्नान्डो लोरेन्टे, ओलिविएर जिरोड, द्राइस मतेन्स र पिआतेक बिकल्पमा रखिएको छ।
हिगुइन क्लबमा रहने वा नरहने बिषयमा युभेन्टसले कुनै निर्णय लिसकेको छैन। यधपी, मौरिजिओ सारीले उनी माथि विश्वाश देखाउदै नियमित खेलाउदै आएका छन। उन्ले जारी सिजन २६ खेलमा ८ गोल गरेका छन।