पिएसजीले रियलका स्टार डिफेन्डर साइन गर्न ‘ठुलो’ प्रस्ताव गर्ने

सर्जियो रामोसलाई साइन गर्न पेरिस सेन्ट-जर्मेन उनलाई ‘ठुलो प्रस्ताव’ दिन तयार रहेको खबर छ। खबर अनुसार पिएसजी रियल म्याड्रिडका स्टार डिफेन्डर साइन गर्न इच्छुक रहेको छ।

रियलका स्टार कप्तानको क्लब सँगको सम्झौता यो सिजन पछि अन्त्य हुने छ रामोस क्लब सँग २ वर्षको सम्झौता विस्तार माग गर्दै छन् तर रियलले उनलाई १ वर्षको मात्र दिँदै आएको छ भने रियलको प्रस्तावमा तलब कटौती पनि रहेको छ। दुई बिच अहिले सम्म वार्ता सफल हुन नसक्दा पिएसजी उनलाई फ्री एजेन्टको रूपमा साइन गर्न तयार रहेको खबर छ।

फुट मर्काटोका अनुसार रामोस यस गर्मीमा फ्रान्समा सर्ने बारेमा विश्वस्त पेरिस क्लब विश्वस्त छ। र उनलाई साइन गर्न पिएसजी उनलाई ठुलो तलब र बोनसको प्रस्ताव दिन तयार रहेको जानकारी छ।

 

खबर अनुसार रामोसका एजेन्ट रेने पेरिस सर्ने बारेमा केही हप्ता देखि पिएसजीका प्रमुख लियोनार्डो सँग वार्तामा छन्।

खबर अनुसार पिएसजी रामोसलाई ठुलो तलबको साथ दुई वर्षको सम्झौता दिन तयार छ। पिएसजीले उनलाई €१० मिलियनको बोनस पनि दिने जानकारी छ।