पिएसजीले रामोस साइन गर्न सक्ने बारे कोच मौरिसियो पोचेटिनोले यस्तो भने

रियल म्याड्रिडका स्टार डिफेन्डर र कप्तान सर्जियो रामोसले क्लब छोड्न सक्ने चर्चा हाल धेरै रहेको छ। रियल सँग उनको सम्झौता अन्त्य हुने क्रममा रहेको छ भने दुई बिच सम्झौता विस्तारको कुरा सफल हुन सकेको छैन।

रामोस सँग रियलको वार्ता सफल नहुँदा सो स्थितिमा अन्य क्लबहरूको पनि निगरानी रहेको छ। खबर अनुसार पिएसजी रामोस साइन गर्न धेरै इच्छुक छ र उनको रियलमा अवस्था नजिकबाट रियलले हेर्दै गरेको छ।

हाल उक्त चर्चाहरू बारे क्लबका कोच मौरिसियो पोचेटिनोले बोलेका छन् र रामोस माथि पिएसजीको नजरको कुरा उनले अस्वीकार गरेनन्।

उनले भने, “मलाई मेरो टोलीमा नभएका खेलाडीहरूको बारेमा कुरा गर्न मन पर्दैन।

“धेरै हल्लाहरू हुने गर्छ तर टोलीलाई सुधार गर्न पिएसजीले प्रत्येक वर्ष काम गर्छ। यस्तो विषयमा समय निकै थोरै हुन्छ र कुराहरू चल्न सुरु गरी हाल्छ।”

हाल रियल पनि रामोसलाई क्लबमा राख्न इच्छुक छ तर रियलले रामोसलाई १ वर्षको मात्र प्रस्ताव गरेको छ जसमा १० प्रतिशत तलब कटौती रहेको छ जसबाट रामोस खुसी छैनन्।