पिएसजीले रामोस सँग सम्झौता रद्द गर्न सक्ने

फ्रेन्च क्लब पिएसजीले आफ्नो नयाँ स्टार डिफेन्डर सर्जियो रामोस सँगको सम्झौता रद्द गर्न सक्ने चर्चा रहेको छ। गत ट्रान्सफर विन्डोमा रामोसलाई पिएसजीले फ्री एजेन्टको रुपमा साइन गरेको थियो तर चोट कारण हाल सम्म उनले पिएसजीमा खेलेका छैनन्।

पिएसजी र रामोस बिच २०२३ सम्मको सम्झौता रहेको थियो तर चोटको कारण उनी हाल अझै पनि मैदान बाहिर छन् भने उनको चोट कहिले ठिक हुने कुरा स्पष्ट नहुँदा पिएसजीले उनी सँग सम्झौता रद्द गर्न सक्ने रिपोर्टहरू आएको छ।

गत मेमा च्याम्पियन्स लिगमा चेल्सीसँग रियल २–० ले पराजित भएदेखि ३५ वर्षीय स्टार खेलाडीले खेलेका छैनन् ।

फ्रान्सेली आउटलेट ले पेरिसियनका अनुसार, उनको स्थिति यति खराब छ कि उनीहरूले लेजेण्ड स्पेनिस डिफेन्डरसँग अलग हुने बाटोलाई खुल्ला राखेको छ।

पिएसजीका खेल निर्देशक लियोनार्डोले भने, ‘हामीलाई थाहा छ रामोसलाई चोट लागेको छ ।

“स्पेनिस प्रेसले धेरै खेल खेल्दै छ, हामी सबैलाई थाहा छ उनलाई समस्या छ। हामीलाई थाहा छ यहाँ के भइरहेको छ।”