पिएसजीका डिफेन्डर मार्क्विनहोस भन्छन् कि पिएसजीले युनाइटेड बिरुद्ध बदला लिनेछ जब च्याम्पियन्स लिगको समूह चरणको खेलमा पिएसजीले युनाइटेड बिरुद्ध खेल्छन्।
Marquinhos insists PSG are out for revenge vs Man Utd after Champions League drawhttps://t.co/atOsgp5FFd
— Mirror Football (@MirrorFootball) October 2, 2020
२०१९मा युनाइटेडले पिएसजीलाई च्याम्पियन्स लिगबाट नकआउट गरेको थियो र यो सिजनको च्याम्पियन्स लिगमा युनाइटेड पिएसजी र आरबी लाइपजिग र इस्तानबुल बासाकसेरसँगै समूह एचमा रहेको छ।
ब्राजिलका डिफेन्डर मार्क्विनहोसले उक्त खेलबारे आरएमसी स्पोर्टलाई भने: “यो टिम जसको हामीले केहि समय अघि सामना गरेका थियौ।
“उनीहरू धेरै राम्रा टोलीहरू छन्। यो सजिलो समूह होइन। यी टिमहरुले गार्हो समय दिन सक्नेछ।
“म्यान युनाइटेडसँग बदला लिने भावना? सबैको फरक राय छ। दुई वर्ष अघि म्यानचेस्टरबाट हाम्रो हार पछि धेरै कुरा भएको छ।
“तर यदि यसलाई रि-म्याचको रूपमा लिदा हामीलाई राम्रो खेल खेल्न प्रोत्साहित गर्न सकिन्छ भने, यो राम्रो कुरा हुने छ।”